newskoseli.Com

आत्मघाती बम हमलामा बग्दादमा सातको मृत्यु

इराकको राजधानी बग्दादको व्यस्त बजारमा आत्मघाती बम विस्फोट गराउँदा सात स्थानीय नागरिकको मृत्यु भएको इराकी सुरक्षा अधिकारी तथा सञ्चारमाध्यमले बताएका छन् ।

बग्दादको पूर्वी इलाकामा अवस्थित जादिदामा गराइएको उक्त विस्फोटमा परी ३० जना घाइते भएका छन् ।

परफ्युम पसल नजिकैको व्यस्त बजारमा गराइएको उक्त विस्फोटको समाचार तयार पार्दासम्म कुनै समूह वा सङ्गठनले जिम्मेवारी लिइनसकेको सैनिक ब्रिगेडियर जनरल साद मानले बताए ।

जिहादी विद्रोहीले बग्दादको उत्तर र पश्चिम इलाकाका प्रायजसो भागलाई सन् २०१४ तिर कब्जामा लिए पनि यस क्षेत्रका अधिकांश भूभागलाई पछिल्लो समय नियन्त्रणमा लिएको छ । रासस÷एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर