newskoseli.Com

खानपिनमा सानो लापरवाहीले क्यान्सर हुन सक्ने खतरा !

सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ ।

सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खाएमा आन्द्रामा क्यान्सरको जोखिम बढाउँछ ।

एसिया, दक्षिण अमेरिका र पूर्वी अफ्रिकामा तातो खानेकुरा खाने प्रचलन बढी रहेको भन्दै सो संगठनले ती क्षेत्रमा बसोबास गर्नेहरुमा गरिएको अध्ययन अनुसार उक्त तथ्य प्रकाशमा ल्याएको हो ।

चीन, इरान, टर्की र दक्षिण अमेरिकामा ७० डिग्री सेल्सिसभन्दा तातो चिया वा कफी पिउने प्रचलन बढ्दो रहेको भन्दै संगठनले ती मुलुकमा फेला परेका क्यान्सर रोगीमध्ये धेरैजसोको तातो खानाबाटै रोग लागेको पाइएको जनाएको छ ।

विज्ञहरुले धेरै तातो खानेकुरा नखान सुझावसमेत दिएका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर