newskoseli.Com

इजिप्ट एअरको भग्नावशेष भूमध्य सागरमा फेला

गत मे १९ मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ । 

फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० बिमानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त बिमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटना हुनुको कारण भने अझैसम्म खुल्न सकेको छैन । यसअघि दुर्घटनाग्रस्त बिमानमा सवार यात्रुहरुको सामानको तस्वीर सार्वजनिक गरिएको थियो ।

दुर्घटनाग्रस्त बिमानको खोजीका लागि ग्रीस, इजिप्ट, फ्रान्स र बेलायत लगाएत थुप्रै मुलुकहका सेना तथा उद्धार टोलीहरु जुटेका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर