
गजल
पहिले देखिनै हरदम सोचिरहेछु
कस्तो हुँदो रहेछ कलम सोचिरहेछु ।।
भाग्य लेख्दालेख्दै चोट लागेको होला
मसि कडा हुन्छ कि नरम सोचिरहेछु ।।
जीन्दगी शिशिरबाटै उजाड भ़एपछि
चाहिन्न वसन्तको मौषम सोचिरहेछु ।।
म सोझो हुनाले धेरैपटक लुटिएको छु
किन्न कहाँ पाइन्छ अहम सोचिरहेछु ।।
गाँस्न त धेरैसँग पिरति गाँसि सकियो
कोसँग हुन्छ होला घरजम सोचिरहेछु ।।
सिन्धुली
हालः काठमाडाैँ