
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए। “बजेटको प्रभावकारी कार्यान्वयनका लागि अब नेता कार्यकर्ताहरु एक जुट हुनु आवश्यक छ ।” उनकाे भनार्इ थियाे ।
सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्छ भन्दै नेता नपालले भने–पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन ।