newskoseli.Com

यमनमा गठबन्धन सेनाले कारबाही गर्दा आठ सय लडाकु मारिए

गठबन्धन सेनाले गरेको कारबाहीमा यमनमा अलकायदाका आठ सय लडाकु मारिएका छन् ।

मुकाला शहरमा साउदी अरब नेतृत्वकोे गठबन्धन सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएको र थुप्रै मात्रामा हतियार बरामद भएको यमन सरकारले जनाएको छ ।

दुई हजारको संख्यामा मुकाला शहरमा पसेको साउदी अरबको गठबन्धन सेनाले बिमानस्थलदेखि बन्दरगाहसम्म प्रवेश गरी नाका बन्द गरेपछी अलकायदाका लडाकुहरु हतियार छोडेर भागेको बताइएको छ ।

घटनामा घाइते भएका लडाकुहरुलाई गठबन्धन सेनाले नै लगेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर