newskoseli.Com

अफगानस्तानमा आत्मघाती वम प्रहार, १४ नेपालीको मृत्यु, ३० घाइते

कामका लागि अफगानस्तानमा पुगेका १४ जना नेपालीहरुको एक आत्मघाती बम विष्फोटमा परी मृत्यु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरु चढेको एक बसलाई नै लक्षित गरेर आत्मघाती वम विष्फोट गराइएको र सो क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । उनीहरु सबै सुरक्षा गार्डका रुपमा अफगानस्तानमा काम गर्दै आएका थिए ।

साथै सो विष्फोटमा परेर अन्य ३० जना घाईते भएका छन् । घाइते मध्ये कति जना नेपाली छन् भन्ने कुरा एकिन भएको छैन ।    अफगानस्तानका स्थानीय सञ्चारमाध्यमहरुले सो बसमा फिलिपिनी सुरक्षा गार्डसमेत सवार रहेको जानकारी दिएका छन् ।

स्थानिय समयानुसार आज बिहान बनाई जिल्लाबाट काबुलका लागी छुटेको मिनीबस आतंकबादि निशानामा परेको थियो ।   घाईते मध्ये अधिकांशको अबस्था गम्भीर रहेको अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाटोमा बसको प्रतिक्षामा रहेका एक ब्यक्तिले सो बसलाई आक्रमण गरेको अफगान प्रहरीले जनाएको छ । घाईतेहरुलाई उद्धार गरी अस्पाताल पठाईएको छ । आक्रमणको जिम्मा तालिवानी बिद्रोहीहरुले लिएको अफगान अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर