newskoseli.Com

डोनाल्ड ट्रम्पको हत्या गर्न खोज्ने युवा पक्राउ

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयासमा संलग्न एक युवा पक्राउ परेका छन् ।

अमेरिकाको लस भेगसको र्‍यालीमा सहभागी माइकल स्टीवन सैंडफोर्डले लस भेगसमा आयोजना गरेको ट्रम्पको र्‍यालीका क्रममा सुरक्षाकर्मीको बन्दुक खोसी गोली हान्ने प्रयास गर्दा पक्राउ परेका हुन् ।

बेलायती नागरिक १९ बर्षिय सैडफोर्डले जीवनमा कहिले बन्दुक नचालाएको बताउँदै ट्रम्पको हत्याका लागि लस भेगसको फायरिंग रेन्जमा गएको बयान दिएका छन् ।

बेलायती सवारीचालक पत्र रहेको सैडफोर्ड डेढ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

उनले बयानका क्रममा लस भेगसमा ट्रम्पको हत्या गर्न नसेकेमा फिनीक्समा हुने र्‍यालीमा हत्या गर्ने योजनाका साथ फिनीक्सका लागि टिकट समेत किनिसकेको खुलासा गरेका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर