newskoseli.Com

काबुलमा मारिएका नेपालीको शव ल्याउने तयारी, घाइते ७ जनाको उपचार हुँदै

अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीको आत्मघाती बम विष्फोटमा मारिएका नेपालीको शव ल्याउन सरकारले पहल सुरु गरेको छ ।

शव ल्याउन, घाइतेको अवस्था बुझ्न र अरु नेपालीको सुरक्षा अवस्थाबारे जानकारी लिन पाकिस्तानस्थित दूतावासबाट नेपाली अधिकारीहरु काबुलतर्फ गएका छन् ।

आज विहानै पाकिस्तानस्थित दूतावासबाट कार्यवाहक राजदूत काबुलतर्फ जानुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।  तालिबान आतंकारीको आक्रमणमा हिजो १२ जना नेपाली र नेपाली मूलका २ भारतीय मारिएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार घटनामा परी मारिनेमा मधुसुदन कोइराला, डम्बरबहादुर तामाङ र लीलबहादुर गुरुङ–नुवाकोटका तथा चन्द्रबहादुर राना मगर, बिदुरबहादुर बहादुर सुवेदी क्षेत्री र हरिबहादुर बडुवाल क्षेत्री–काठमाडौंका रहेका छन् ।

यस्तै, अमृतबहादुर थापा–लमजुङ, कृष्णबहादुर ढुंगाना–चितवन, सुपबहादुर गुरुङ–स्याङ्जा, जितेन्द्र सिंह थापा–रुपन्देही, नवीनसिंह क्षेत्री–पर्वत र अकुल तामाङ–सुनसरी पनि मारिएका छन् ।

नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा पैदल यात्रीले गराएको आत्मघाती बिस्फोटमा परी उनीहरु मारिएका हुन् । मारिने साब्रे सेक्युरिटी कम्पनी मार्पmत काबुलस्थित क्यानेडेली दूतावासमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको विष्फोटमा घाइते भएका सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा गार्ड चढेका दुई वटा गाडी मध्ये एउटा गाडी निस्केपछि अर्कोमा आत्मघाती बिस्फोट गराइएको थियो ।

यता, संसदमा सरकारले काबुलमा नेपाली मारिएको घटनालाई मानवता विरोधी अपराधको संज्ञा दिएको छ ।

परराष्ट्र मन्त्री कमल मन्त्री थापाले घटनाबारे संसदलाई जानकारी दिंदै मृत्यु भएकाको शव स्वदेश ल्याउन र घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई निर्देशन दिईसकिएको उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर