newskoseli.Com

को हुन् बब मार्ली ? हेर्नुहोस् बबको ‘बायोडाटा’

विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् ।

बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए ।

उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो ।

उनले गाएका विश्वचर्चित गीतमध्ये ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय’ आदि हुन् भने उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाए ।

यस्तो छ बबको बायोडाटा

औपचारिक नामः नेस्ट रबर्ट माली
उपनामः ट्रफ्फ गोग
जन्मः ६ फेब्रुअरी, १९४५
(३६ वर्षे उमेरमा सन् १९८६ मा अमेरिकाको फ्लोरिडास्थित मियामीभन्ने ठाउँबाट बेपत्ता भएका उनको शव अस्पतालमा फेला परेको थियो)
गायविधाः रेगग्या, रक, स्का
दक्षताः गीतरचना, संगीतसिर्जना र गायन
बजाउने बाद्यवादनः गितार, पियानो, सेक्सोफोन, हार्मोनिका, टक्करसिङ
सक्रिय अवधिः सन् १९६२ देखि १९८१ सम्म
आबद्धताः बब मार्ली एण्ड वैलर्स ब्याण्ड
वेबसाइटः बबमार्लीडटकम

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर