newskoseli.Com

बैंक कर्मचारीलाई स्टेज मै उभ्याएर दण्ड

चीनमा बैंक कर्मचारीलाई दण्डित गरिएको एउटा भिडियो चर्चित बनेको छ । बैंकका प्रशिक्षकले कर्मचारीलाई लौरोले पिटिरहेको भिडियो भाइरल भएको हो ।

प्रशिक्षणका क्रममा ती कर्मचारीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै दण्डित गरिएको बताइन्छ । उक्त भिडियो चीन कै सरकारी संचारमाध्यम पिपुल्स डेलीले सार्वजनिक गरेको हो ।

ती प्रशिक्षार्थीको केश मुण्डनसमेत गराइएको थियो । भिडियो सार्वजनिक भएपछि बैंकले कर्मचारीलाई यातना दिने आफ्ना अधिकारीलाई निलम्बन गरेको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार उत्तरी चीनको एक कमर्शियल बैंकका कर्मचारीलाई त्यसरी दण्डित गरिएको हो । प्रशिक्षणमा करिब दुई सय कर्मचारी सामेल थिए । तीमध्ये ८ कर्मचारीलाई स्टेज मै उभ्याएर पिटिएको दृष्य भिडियोमा देख्न सकिन्छ । दण्डित हुनेमा महिला पनि छन् । एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर