newskoseli.Com

राजश्व सङ्कलन पुरानै अवस्थामा

मधेस आन्दोलन र नाकाबन्दीका कारण शून्य सङ्कलनमा पुगेको वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन पुरानै अवस्थामा फर्किन थालेको छ ।

वीरगन्जको मितेरीपुलमा मधेस केन्द्रित दलले गरेको आन्दोलनका कारण रुट परिवर्तन गरेका अधिकांश आयातकर्ता पुनः वीरगन्ज नाकाबाटै कारोबार गर्न थालेपछि भन्सारको राजस्व सङ्कलन पुरानै अवस्थामा फर्किएको हो ।

पछिलो तीन महिनामा भन्सार विभागले दिएको लक्ष्यभन्दा १ अर्ब बढी राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार विभागले जेठ महिनाका लागि  सात अर्ब एक करोड ४५ लाख राजस्व सङ्कलन गर्न लक्ष्य दिएकोमा लक्ष्यभन्दा १ अर्ब २१ करोड ३५ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

गत वैशाखमा कार्यालयले लक्ष्यभन्दा २० प्रतिशत बढी अर्थात्  आठ अर्ब ४५ करोड ६४ लाख राजस्व सङ्कलन गरेको थियो । गत चैत महिनामा लक्ष्यभन्दा चार प्रतिशत बढी अर्थात्  सात अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको थियो । चालु आवको ११ महिनामा लक्ष्यको तुलनामा ७४ प्रतिशत राजस्व मात्र सङ्कलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई ११ महिनाका लागि  ६३ अर्ब ३० करोड ७२ लाख राजस्व सङ्कलन गर्न लक्ष्य दिएको थियो । कार्यालयले ४७ अर्ब २७ करोड ६१ लाख राजस्व सङ्कलन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर