newskoseli.Com

अफगानिस्तानमा ५० तालिवानद्वारा आत्मसमर्पण

अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।
उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियार समेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकूहरूले आत्मसमर्पण गरी जिल्लाको प्रहरी मुख्यालयमा हतियार बुझाएको समाचारमा जनाइएको छ ।

उक्त जिल्लाका सैनिक प्रवक्ता नसरुल्लाह जमसिद्दीले ५० जना तालिवान सशस्त्र लडाकूले हतियार बुझाएका र अबदेखि हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा पछिल्लो समयमा हिंसा कायमै रहेको छ । तालिवानहरूले सरकारी कर्मचारी, सुरक्षा निकाय तथा नेटो सेनालाई समेत समय समयमा निशाना बनाउने गरेका छन् ।

यस हिंसामा परी हाल यहाँ दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ । उनीहरूले सर्वसाधारण नागरिकलाई समेत लक्ष्यगरी गर्ने गरेका हमलाहरूमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणले पनि ज्यान गुमाउने गरेका छन् ।

सरकारले ती विद्रोहीलाई आत्मसमर्पण गरी शान्तिपूर्ण जीवनयापन गर्नका लागि आह्वान गर्ने गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर