newskoseli.Com

युरोपेली संघबाट अलग्गियो ब्रिटेन

ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो ।

जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् ।

युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ । द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो ।

यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एक अर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर