newskoseli.Com

मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रविन्द्र अधिकारीसहित त्यसमा सवार ७ जना सबैको निधन भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको पुष्टि गरेका छन...बाँकी

हेलिकप्टर दुर्घटना अपडेटः नचिनिने अवस्थाका ५ शव फेला परेको प्रहरीद्वारा पुष्टि !

बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टीको ९– एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थाका ५ वटा शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । हेलिकप्टरमा पर्यटन तथा नागरि...बाँकी

हेलिकप्टर दुर्घटना अपडेटः प्रधानमन्त्रीले सबै मन्त्रीलार्इ बोलाए बालवाटार !

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा उपलब्ध सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । सम्भावित अनिष्ट र उद्धारको सम्भावनालगायत केही महत्त्वपूर्ण विषयमा तत्काल छलफल गर्नुपर्ने भन्दै बुधबारक...बाँकी

दुर्घटनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित को–को सवार थिए ? (नामावलीसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रवीन्द्र अधिकारीलगायत ६ जना सवार हेलिकप्टर दुर्घटना भएको छ । मन्त्री अधिकारीलगायत सवार एयर डायनिस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् ।...बाँकी

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना, यात्रुको स्थिति अज्ञात !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रवीन्द्र अधिकारीलगायत ६ जना सवार हेलिकप्टर दुर्घटना भएको छ । मन्त्री अधिकारीलगायत सवार एयर डायनिस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् ।...बाँकी

जिउँदै जलाइए वृद्ध दम्पति : कसले र किन गर्‍यो हत्या ?

खड्ग नगरपालिका– ५, खरचुहिया, सप्तरीका ७० वर्षीय श्रीमान् र उनकी ६५ वर्षीया पत्नीलाई जिउँदै आगो लगाएर हत्या गरिएको छ । सबुरी साह र उनकी पत्नी बेचनीदेवीलाई जिउँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । कपडामा बेरेर आगो लगाइएको अवस्थामा उनीहरूको शव फेला परेको सप्तरी प्रहरीका प्रमुख ...बाँकी

अफिमका १ लाख बिरुवा प्रहरीद्वारा नष्ट

लागूऔषध अफिमका एक लाख बिरुवा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार नष्ट गरेको छ । लेकबेंसी नगरपालिका– ८, लामिडाँडा, सुर्खेतमा खेती गरिएका एक लाखभन्दा बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएका १८ जना र इलाका प्रह...बाँकी

हर्न बजाउने १७१ सवारी साधनमाथि एकैदिन कारबाही

जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही अघि बढाएको छ । उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही अघि बढाएको हो । महाशाखाले आइतबार मात्र १ सय ७१ सवारी साधनका चालकमाथि कारबाही ...बाँकी

आफ्नै ट्याक्सीमा मृत भेटिए युवक

सूर्यविनायक नगरपालिका– ८, सिपाडोल, आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैंले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् । आफैंले चलाउँदै आएको बा ५ च ६४२१ नम्बरको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका– ८, लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृत अवस्थामा भे...बाँकी

फेरि ४ दिन देशभर वर्षा र हिमपात हुने !

पश्चिमी वायुको प्रभावले आइतबार (आज) देखि देशका अधिकांश भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्था...बाँकी