newskoseli.Com

कारबाहीमा परे ९४ औषधि पसल

देशभरका ९४ वटा औषधि पसललाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरिएको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, ३ वटा औषधि पसलविरुद्...बाँकी

बिहे गर्ने उमेर नहुँदै गर्भपतन : परिवार नियोजनभन्दा गर्भपतन गराउने धेरै !

बिहे गर्ने उमेर नहुँदै गर्भपतन गराउने किशोरीहरुको संख्या बढ्दै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर, बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीहरुको संख्या बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहिता मात्रै नभएर अविवाहिता पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ...बाँकी

पाटन अस्पतालको बेथिति : नाम विज्ञको, सेवा ‘नक्कली’ को !

दिनप्रतिदिन बिरामीहरुको उपचारमा लापरबाही भयो, बिरामीको अंगभंग भयो, मृत्यु समेत भयो भन्ने घटना बढिरहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले प्रदान गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको खबर सार्वजनिक भएको छ । पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै नेपाल डेन्टल एशोस...बाँकी

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधिको अभाव

सिंहदरबारभित्रैको हेल्थ डेस्कमा समेत अत्यावश्यक औषधि अभाव भएको छ । कम्तिमा ४० प्रकारका अत्यावश्यक औषधि हुनु पर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिनियर अहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि रा...बाँकी

४५ प्रतिशत नेपाली महिलाले गर्छन् ‘अनिच्छित’ गर्भधारण

२१औं शताब्दीमा समेत ‘परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण’ नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँच...बाँकी

२०५४० विद्यार्थीको क्षयरोग परीक्षण, ३६ जनामा समस्या

जुम्लाका पाँच विद्यालयका दुई हजार ५ सय ४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली मावि अ...बाँकी

अकुपञ्चर सेवाबाट दीर्घरोगहरुको निदान, त्यो पनि जम्मा २५ रूपैयाँमा…

कलङ्की निवासी शान्ति पौडेललाई चार वर्षदेखि हिँड्दा दाहिने गोडा छोटो भएको जस्तो हुन्थ्यो । दिनभर काम गरे पनि दुखाइका कारण उनी राति सुत्न पनि सक्दिनथिइन् । रातभर निदाउन नसक्ने तथा दिनमा हिँड्न समेत समस्या भएपछि नसासम्बन्धी उपचारको खोजीमा उनले धेरै अस्पताल धाइन् । कतिपयले शल्यक्रिया गनुपर्ने तथा कति...बाँकी

बर्डफ्लुको सन्त्रास : परीक्षण गर्न १७२ जनाको नमूना जापान पठाइयो

नेपालमा बर्डफ्लुबाट एक जनाको मृत्यु भएपछि उनको नजिक गएका १ सय ७२ जनाको नमूना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफ्लु संक्रमणबाट १५ चैतमा का...बाँकी

आँखामा पनि क्यान्सर : यस्ता हुन्छन् लक्षणहरु…

समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आँखारोग विशेषज्ञहरूले आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार ५ वर्षमुनिका बालबालिकामा रेटिनोब्लास्टो हुने गर्दछ । यो करिव १५ देखि २० हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्न सक्छ, जुन वंशाणुगत पनि हुन सक्छ । आँखाक...बाँकी

चिप्लेढुंगामा न्यूरोलोजिकल कार्यशाला : ८३ डाक्टर र नर्सलाई प्रशिक्षण

पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा ‘इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्ष’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षबारे पोखरामा पहिलो पटक कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न...बाँकी