newskoseli.Com

पक्ष–विपक्षमा यस्तो छ संसदको अंकगणित

शुक्रबारदेखि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि बहस सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा उनको पक्ष–विपक्षमा गरमागरम बहस शनिबार पनि जारी छ । एमालेलगायतका दलले उनको बचाउ गरिरहेको छन् भने कांग्रेस–माओवादी लगायतले ओलीको चर्को विरोध गरिरहेका छन् ।  छलफल सकिएपछि आइतबार...बाँकी

अविश्वासको प्रस्ताव नओस् भनेर ठूलो प्रयास गरें : वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको जानकारी नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले दिएका छन् । शनिबार संसदमा सम्बाेधन गर्दै सांसद एवम् उपाध्यक्ष गाैतमले साे कुरा बताएका हुन् । गाैतमले भने– “मलाई साँच्चिकै अप्ठ्यारो लागिरहेको छ, प्रस...बाँकी

अनसनरत डा. केसीको समर्थनमा राजधानीमा पदयात्रा

चिकित्साक्षेत्र र स्वास्थ्यक्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा पदयात्रा गरिएको छ । सरकारलाई दबाब दिन नागरिकले स्वतःस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकारलगायत...बाँकी

कांग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’ : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनका आधारमा नयाँ बन्ने सरकारलार्इ जगबिनाको गजुरको संज्ञा दिएका छन् । शनिबार राजधानीमा एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली कांग्रेस र...बाँकी

संविधानको विरोध गरेका होइनौं : मधेशवादी नेता

आफूहरूले नेपालको संविधानको विरोध नगरेको मधेशवादी नेताहरूले बताएका छन् । संविधानभित्रका केही विभेदकारी धाराहरूको मात्रै आफूहरूले विरोध गरेको उनीहरूको कथन छ । शनिबार जारी संसदको बैठकलार्इ सम्बोधन गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको व...बाँकी

बक्राहा खोला गाउँ पस्दा मधुमल्लाका ६१ घर डुबानमा

लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट खोला बस्तीमा पसेको छ । यस वर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला शनिबार बिहान बेतेनीको गाउँतर्फ पसेको हो । खोला गाउँ पस्दा ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताए । ...बाँकी

अविश्वास प्रस्तावले राष्ट्रिय सहमतिलाई बाधा पार्दैन : दाहाल

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले आफैँले निर्वाचित गराएका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुपरेको बताएका छन् । दाहालले संविधान...बाँकी

संसदमा औपचारिक रूपले पेस भयो ओलीविरुद्धको अविश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अाैपचारिक रूपले अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपालको संव...बाँकी

अविश्वास प्रस्तावमा छलफलअघि नै सरकार अल्पमतमा !

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल सुरु नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संसदबाट वैधानिक रुपमै अल्पमतमा परिसकेको पुष्टि हुने भएको छ । बिहीबार दिउँसो ११ बजे अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने संसदको कार्यतालिकाले यसअघि नै छलफलको क्रममा रहेका बजेटआश्रित व...बाँकी

सत्तापक्ष–विपक्षका कार्यसूचीमा छलफल गर्नेगरी सुल्झ्यो संसदको विवाद

अविश्वासको प्रस्तावउपर छलफल गर्ने भनिएको बिहीबारको संसद बैठक अवरूद्ध हुनेगरी शुक्रबार अपराह्नसम्म कायम गतिरोध टुंगिएको छ । व्यवस्थापिका–संसदमा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएपछि गतिरोध टुंगिएको हो । प्रमुख ३ दलका शीर्ष नेताबीच शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ता...बाँकी