newskoseli.Com

शेरबहादुर देउवाले सम्हाले रक्षा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेका हुन् ।...बाँकी

अबकाे निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनु भएको छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको...बाँकी

नेकपा माओवादीको प्रदेश १ मा पनि चुनाव हुने सम्भावना

नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा चुनावमार्फत् नेतृत्व चयन भएपछि प्रदेश १ मा पनि चुनाव हुने सम्भावना बढेको छ । माओवादी नेताहरूका अनुसार सकेसम्म नेतृत्वले चुनाव नगरी सहमतिमा प्रदेश पदाधिकारी चयन गर्न जोड दिँदै अधिवेशन सकिएको सातासम्म पदाधिकारी चयन रोकेको छ । तर, बागमतीमा सोमबार चुनावमार्फत्...बाँकी

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण फर्कियो

काठमाडौँ – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागि...बाँकी

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा महिला शून्य !

नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ । आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन् । खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले उम्मेदवारी दिएका थिए । खुलामा उम्मेदवारी दिने सबै ...बाँकी

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ काे–काे विजयी ? (नामावली र मतसहित)

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत आइतबार भएको मतदानको नतिजा यो आइतबार साँझ सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यको ३५ स्थानका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धाबाट निम्नानुसार उम्मेदवार विजयी भएका छन् । नतिजाअनुसार ३८३६ भोटसहित सर्वाधिक लोकप्रिय मत निवर्तमान महामन्त्री शशांक कोइरालाले प...बाँकी

कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा छ...बाँकी

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएका पार्टीको केन्द्रीय नि...बाँकी

‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छिन् । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीक...बाँकी

पदाधिकारी छनोट नगरी सुदूरपश्चिम प्रदेशमा माओवादी अधिवेशन सम्पन्न

धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ । प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २...बाँकी