
नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनका कतिपय विषयवस्तुमा असहमति जनाउँदै सो पार्टीका युवानेता लेखनाथ न्यौपानेले चार पृष्ठको १० बुँदे लिखित फरकमत प्रस्तुत गरेका छन् । न्यौपानेको फरक मतले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ ।
अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाइएको उक्त फरक मतमा एमालेसँग विगतकालमा गरिएको एकता गलत रहेको समेत औंल्याइएको छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन,’ नेता न्यौपानेले भनेका छन्– ‘सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईंले नेकपाकालमा केपी ओलीलाई खेलेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको बा प्रवृत्ति देखिएको छ ।’
‘एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसद्वादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओलीजस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो’ न्यौपानेले भनेका छन्– ‘अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारबाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भएको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।’
न्यौपानेले लेखेका छन्– ‘हामीले ओलीभित्रको ‘बा’ प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको ‘बा’ प्रवृत्ति देखिएको छ ।’
यस्तो छ न्यौपानेको फरकमतको पूर्णपाठ–