newskoseli.Com

खोलापारि देश हाम्रो !

खोलापारि देश हाम्रो, खोलावारि हामी ! बाटो छैन, खटन छैन– हामी कहाँ जाने ? विपत्तिमा देशको माटो टेक्न पाए हुन्थ्यो जहान–परिवारको मुख देख्न पाए हुन्थ्यो बीचमा छ काली नदी, देश हाम्रो पारि देश हेर्दै रुँदै हामी बसेका छौं वारि ! खोलापारि देश हाम्रो... पौडी जाऊँ पारि भने बगिजाइन्छ कि ? तरिजाऊँ ...बाँकी

‘पहिलो विश्व’ लाई पत्र !

  रछ्यानको पानीलाई कुलेसो बनाएर पानीघट्ट खेल्दै गर्दा कति भाइरससँग खेलियो– पत्तै भएन । भैंसीगोठालो जाँदा भैसीसँगै आहलमा डुब्दैगर्दा कति ब्याक्टेरिया निलियो– थाहै भएन । मलको डोकामा मलसँगै आमाले बोक्दैगर्दा यो शरीरमा कति प्रकारका ब्याक्टेरिया छिरे कुनै लेखाजोखा छैन । बा–आमाले र...बाँकी

जेल

म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पर्‍यो र ? मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरूभित्र कैद ह...बाँकी

नियात्रा : पेट्रा, संसारकै आठौं आश्चर्य

संसारको सातौं आश्चर्य घुम्ने क्रममा यसपालि जोर्डनको पेट्रा परेको छ । धेरै व्यस्त कार्यतालिका भए पनि यात्राका लागि दस दिनको समय छुट्याइयो । बिहानको पारिलो घाम छिप्पिँदै गर्दा दस बजे अनिता र म विमानस्थल पुग्यौं । दोहा र अम्मानमा अरु साथीहरूसँग भेट्ने योजना छ । साँझ सात बजे अम्मानमा पुग्यौं । हाम्रो...बाँकी

टिप्पन र टिप्पन समालोचना

टिप्पन भनेको टिपोट हो । कुनै पनि कृति, विषय वा घटनाको अध्ययन गरिसकेपछि त्यसका सवल, दुर्बल वा त्यसबारे आफूलाई लागेको कुराको टिपोट नै टिप्पन हो । यसलाई कुनै पनि कृतिको चिन्हा, अस्तित्वशील अवस्था वा त्यसको जन्मचिनारीका रूपमा पनि लिन सकिन्छ । यसलाई टिप्पणीको सङ्क्षिप्त रूप पनि भन्न सकिन्छ । खासगरी टिप्प...बाँकी

हो, मलाई यस्तो दसैं मनाउन मन छ…

एक पटक मलाई दसैं मनाउन मन छ हो, एक पटक मलाई दसैं मनाउन मन छ वर्षभरिको काम र थकाई बिर्सिएर खुशीयालीको दसैं मनाउने मन छ बारीभरि पहेंलै मकै भाँच्दै गर्दा ‘दसैंअगाडि नै तोरी छरिसक्नुपर्छ’ भन्ने मकैका सर्‍याङ–सर्‍याङ आवाजसँगै मिश्रित बुबाको आवाज सुन्न मन छ हो, मलाई तोरी छरिसकेको दसैं मनाउन मन छ !...बाँकी

कविता : म ? पाटेबाघ हुँ

भन्नेहरूले जेसुकै भनून् ठान्नेहरूले जस्तोसुकै ठानून् देख्नेहरूले जे देख्छन् देखून् बुझ्नेहरूले जसरी बुझ्छन् बुझून् म ....? म नै हुँ ! जर्साबको दरबारमा पालिएको चेइचेइ गर्नासाथ पुच्छर हल्लाउँदै जर्साबकै खुट्टा चाट्ने पाल्तु कुकुर होइन म आफ्नी आस्थालाई बध गरेर क्रय–विक्रय गर्ने ‘कसाही’ होइन म,...बाँकी

झटाराे : युवतीको ‘स्ट्याटस’ र युवकहरुको ‘स्याक्रिफाइस’…

कमरेडहरू, हिजो राति, त्यस्तै ११ बजेको हुँदो हो । सुत्ने तरखर गर्दैथें, फेसबुक फ्रेन्ड एउटी युवतीको स्टाटस आयो– ‘मलाई निद्रा लागिरहेको छैन... ।’ उनको स्टाटसमा मैले ‘लभ–रियाक्ट’ गरें र एउटा छोटो कमेन्ट पनि लेखिदिएँ– ‘पहिले सुत न... ! अनि पो निद्रा लाग्छ प्रिये !’ त्यसपछि म पनि सुतें  । रात...बाँकी

दलाल सम्राटलाई सन्देश

  ए दलाल सम्राट तिमीसँग लाखौं बन्दुक छन् सेना–प्रहरीको ठूलो तागत छ अड्डा–अदालत, संविधान–कानुन सिङ्गो राज्यसत्ता तिम्रै हातमा छ हजारौं भिजिलान्तेको जत्था छ ‘विदेशी प्रभु’ को आशिर्वाद छ हो सम्राट ! यो तिम्रो समय हो तिमीलाई जे–जे मन लाग्छ– गर । सम्राट तिमी बलवान् छौ सर्वशक्तिमान ...बाँकी

कविताः गुडमर्निङ प्रिय बिहान !

  म सबेरै उठ्छु किनकि मलाई प्रिय घाम नउदाउँदै उनको स्वागत गर्नु छ म सबेरै उठ्छु किनकि मलाई मायालू तारा नअस्ताउँदै उनीहरुको बिदाइ गर्नु छ ।   म सखारै उठ्छु किनकि मलाई माया गर्नेहरु मेरो पर्खाइमा छन् म बिहानीपख सबेरै उठ्छु किनकि मैले श्रद्धा गर्ने मनवीर दाइका लागि अञ्जु...बाँकी