newskoseli.Com

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार

नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थायी बासिन्दा कार्कीलाई ३ भदौको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निव...बाँकी

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको पल्सदर

एनसेलले २ भदाैदेखि लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्सदर परिवर्तन गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्सदर लागू गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार...बाँकी

सम्पादक किशोर श्रेष्ठमाथि राज्य–ज्यादति : फेरि पक्रन अदालतकै रोक

सत्ताधारी रास्वपाका नेता, मन्त्री र सांसदहरुको पूर्वाग्रहका कारण गतसाता पक्राउ गरी सर्वोच्च अदालतको परामादेशबाट सोमबार हिरासतमुक्त भएका जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई मंगलबार फेरि पक्राउ गर्ने सरकारी प्रयासलाई अदालतले नै रोक लगाइदिएको छ । रास्वपाका शीर्ष न...बाँकी

एनसेलको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । प्रतिवेदन सार्वजनिक गरिएकामा गोपनीयताको हक हनन् भएको भन्दै सरकार विरुद्ध एनसेलले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २...बाँकी

‘सरकारले गोपनीयताको हकको उल्लंघन गर्‍यो’ : एनसेल

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको भन्दै एनसेलले सरकारको कडा आलोचना गरेको छ । प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले संविधान तथा प्रचलित कानुनद्वारा सुनिश्चित गरिएको गोपनीयताको हक उल्लंघन भएको सो कम्पनीले दाबी गरेको छ । एनसेलले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्...बाँकी

एमालेले छाड्यो बागमती सरकार : समर्थन फिर्ता लिँदै ६ मन्त्रीको सामूहिक राजीनामा

नेपाली कांग्रेससँगको गठनबन्धनमा बागमती प्रदेश सरकारमा सहभागी रहँदै आएको नेकपा (एमाले) का ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । एमालेको प्रदेश संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई रहँदै आएको समर्थन समेत फिर्ता लिएर प्रदेशमन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजनीनामा दिएका ह...बाँकी

‘समता कर’ बाट सरकार ब्याक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा १५ जेठमा घोषणा भई संसदबाट पारित समेत भइसकेको बजेटमा समाविष्ट भएको निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत ‘समता कर’ बाट ब्याक हुन सरकार बाध्य भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत उक्त जानकारी दिँदै अर्थमन्त्री वाग्...बाँकी

‘निर्धक्कसँग पिउन योग्य छन् नेपालकै इनर्जी ड्रिंक’

दैनिक जीवनको व्यस्तता, कामको चाप, अध्ययनको तनाव तथा शारीरिक सक्रियताले भरिएको आधुनिक जीवनशैलीमा मानिसहरू आफूलाई ऊर्जावान् र सक्रिय राख्न चाहन्छन् । यही आवश्यकतालाई लक्षित गर्दै नेपाली बजारमा उदाएको र लोकप्रिय बन्दै गएको ब्रान्ड हो – एक्स्ट्रिम इनर्जी ड्रिंक। एग्रो थाई फुड्स प्रा.लि. द्वारा नेपालम...बाँकी

सिद्धान्तकार प्रा.डा. अधिकारीलाई सम्मान गरिँदै

सिद्धान्तकार एवम् लेखक–साहित्यकार प्रा.डा. निर्मलमणि अधिकारी सम्मानित हुने भएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँले नयाँ वर्षको सन्दर्भमा वैशाख १ गते प्रा.डा. अधिकारीलाई सम्मानित गर्ने भएको हो । नेपाली साहित्य, कला र संस्कृतिका क्षेत्रको विकास, समृद्धि र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍...बाँकी

एसवाई कन्सल्ट्यान्ट र सइल युनिभर्सिटी कोरियाबीच सम्झौता

एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । २०८२ मंसिर १५ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । सम...बाँकी