११ श्रावण, २०७९ |
न्युजकोसेली संवाददाता
जनप्रजातान्त्रिक पार्टी नेपाल आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रने जनाएकाे छ । पार्टी कार्यालय बुढानीलकण्ठमा आयोजित एक कार्यक्रमबीच साे पार्टीले चुनावी मैदानमा उत्रने घोषणा गरेको हो ।
नेपालका ७ प्रदेशमध्ये प्रदेश– १ देखि प्रदेश ५ सम्म पार्टीको राम्रो प्रभाव रहेको तथा प्रदेश– ६ र ७ मा पनि...बाँकी
२ असार, २०७९ |
पत्रपत्रिकाबाट
चरम विवादित र आलोचित ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ मा साझेदारीका लागि नेपालले दुई पटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि नै स्वीकृति दिइएको जिकिर अमेरिकाले गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी सेनासँग त्यस्तो कुनै सम्झौता नभएको र भविष्यमा पनि नहुने ‘प्रस्टीकरण’ दिएको छ ।
...बाँकी
१४ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
२०७४ मा सम्पन्न अघिल्लो स्थानीय चुनावमा एकै पदमा प्रतिस्पर्धा गरेर झगडा मच्चाउँदै अदालतसम्म पुगेर स्थानीयवासीबाट ‘झगडिया ज्वाइँ–जेठान’ को उपाधि पाएका कांग्रेस र एमालेका कार्यकर्ताबीच यसपटक पनि एउटै पदमा फेरि चुनावी भिडन्त हुने भएको छ। बडिमालिका नगरपालिका– २, बाजुराको वडाध्यक्ष पदमा ज्वाइँ–जेठानबीच च...बाँकी
१३ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
पार्टी केन्द्रीय समितिको निर्णय, पार्टीको नीति, विचार, सिद्धान्त र तमाम नेता–कार्यकर्ताको चाहना र भावनाविरुद्ध संसदीय व्यवस्थाभित्रको चुनावमा उम्मेदवारी खडा गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समूहलाई चुनौती दिँदै बहुमत पक्षका सचिवालय सदस्य धर्...बाँकी
१ बैशाख, २०७९ |
राजाराम दास
नयाँ वर्ष बिक्रम सम्बत् २०७९ लाई स्वागत गर्दै राजधानीमा वृहत् दीपप्रज्वलन गरिएको छ । ‘हाम्रो नववर्ष, हाम्रो गौरव’ नाराका साथ बुधबार पशुपतिस्थित ‘वागमती आरतीस्थल’ मा कार्यक्रम सम्पन्न गरिएको हो ।
दीपप्रज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ–संगठनका प्रतिनिधिलगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साह...बाँकी
२५ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले फेरि पोलिटब्युरो सदस्यसहित ३ केन्द्रीय नेतालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यसअघि २१ चैतमा पनि सो पार्टीले एक केन्द्रीय सदस्यलाई निष्काशित गरेको थियो ।
‘नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य नगेन...बाँकी
२१ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का एक केन्द्रीय सदस्य निष्काशित भएका छन् । लामो समयदेखि पार्टी र नेतृत्वको सम्पर्कमा नआई पार्टीविरोधी गतिविधिमा रहेको भन्दै केन्द्रीय सदस्य कृष्ण गुरूङ ‘असमान’ लाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको सो पार्टीका महासचिव किरणले सोमबार जारी...बाँकी
११ चैत्र, २०७८ |
रासस
सरकारले ‘क्षयरोगमुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयन गर्दै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले दावी गरेका छन् । ‘विश्व क्षयरोग दिवस, २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विश्व स्...बाँकी
४ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन भिड्ने उम्मेदवारहरुले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले शुक्रबार पारित गरेको निर्वाचन कार्यक्रम तालिकाअनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गरी २ दिन छुट्याइएको हो ।
उजरी दर्तापछि त्यसको जाँचबुझ र दावी विरोधको प्रक...बाँकी
३ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार नेपाल राजपत्रमा प्रकाशन भएसँगै आचारसंहिता जारी भएको हो ।
यस पटकको आचारसंहिताले प्रचारप्रसार र चुनावसम्बन्धी विभिन्न क्रियाकलाप तथा सरकारी निकाय एवं उम्मेदवारहरूलाई विगतमा भन्दा केही बढ्ता कडाइ...बाँकी