newskoseli.Com

वस्ती जोगाउन चेकड्यामको सहारा

शेरबहादुर साउद (७३), २०४० सालको बहिया (बाढी) सम्झ्यो भने निकै भावुक हुन्छन् । त्यो साल १३ जनालाई माटोमा मिलाएको थियो ज्यानमारा बहियाले । ‘एकै पटक मात्र कहाँ हो र १ पटक–पटक बहिया आएर गाउँको स्वरुप नै उजाड बनायो’ शेरबहादुरले भने ‘न ज्यान राख्यो न जमिन ।’

लालबोझीकै देशराज चौधरीको मनस्पटलमा पनि पटक–पटक आएको बहियाले धेरैको ज्यान लिएको र त्यस क्षेत्रको सयौ विगाह जमिन बगरमा परिणत गरिदिएको घट्ना ताजै छन् । ‘हिउँदमा सुख्खा हुन्छ पत्यार लाग्दैन’ चौधरी भन्छन् ‘वर्षायाममा उर्लेर आउने यस खोलाले पानी मात्रै होईन कैयन ज्यान र जमिन बगायो । उठिवास लायो ।’ लालबोझीमा कैयौ पुस्ता बिताएका चौधरी गाउँ छेवैमा बगिरहेको कान्द्राले दिएको दुःखका एक साक्षी हुन् ।

Table_1लालबोझीकी समाजसेवी सुन्दरी डगौरा त कैलाली जिल्लामै सबैभन्दा उब्जाउ भूमी रहेको यो क्षेत्र र भजनी, धनसिंहपुर, नारायणपुर एवं टीकापुरको हजारौ विगाह जमिनलाई बगर बनाएर धेरैको बाँच्ने आधार गुमाएको बताउछिन् ।

भजनी—९ का गणेश ओझा पनि न्यून आयस्रोत भएका जनताहरुलाई वर्षेनी आउने बहियाले हुनसम्म दुःख दिएको र यसको दीगो व्यवस्थापनको लागि पहल नगरेको भन्दै सरकारको नामै लिने बित्तिकै सन्कि हाल्छन् । ‘हाम्रो त ज्यानको पनि कुनै मूल्य छैन, नदीले जसरी मारोस्, ज्यान लिएर होस् या उब्जाउ भूमी बगाएर भोकभोकै’ ओझा भन्छन् ‘सरकारले बहिया आएको बेला राहतको नाममा चिउरा, चाउचाउ र दुई चार किलो चामल दिनुमै नागरिक प्रतिको कर्तब्य पुरा गरेको ठान्छ ।’

लम्की चुहा नगरपालिका–.१२ बचैलाकाका चन्द्रभान विक पनि गत वर्ष (२०७२) साउन ३० गते बिहानसम्म १० कट्ठा जमिन, व्यवस्थित घर र ९ सदस्यीय परिवारका धनि थिए । तर साउन ३० गते साझतिर नदीमा आएको बाढीले आँखै अगाडी घरजग्गा खाएपछि अहिले सुकुम्बासीको जीवन बिताईरहेको छ उनको परिवार । उनको परिवार छिमेकीले अस्थायी रुपमा बस्नका लागि दिएको एकटुक्रा जमिनमा दिन गुजारा गरिरहेको छ । ‘बिहान बेलुका बगर हेरेर चित्त बुझाइरहेका छौं’ उनले भने,‘साउन महिना मेरो लागि कालो दिन भएको छ ।’

उनकै छेउमा बस्ने लालबहादुर शाही पनि त्यहि नदी पिडित हुन् । ‘संघ संस्था आउँछन् पैसा सिध्याउकै लागि २÷४ लाख खर्चेर ढुंगा जालि लाउछन् तर एकैदिनको बाढीले स्वाहा गर्छ’ लालबहादुरले भने,‘दिर्घकालिन उपाय न राज्यले सोचेको छ न संघसंस्थाले ।’
‘साउन लाग्यो कि निद्रा भाग्छ’ चन्द्रभान विकले भने,‘घर छेवैको ज्यानमारा चरेला खोलाले सुखसंग बस्न दिएको छैन ।’

Table_2उल्लेखित गुनासोहरु त प्रतिनिधिमुलक मात्र हुन् । पानीजन्य प्रकोप र जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको यो जिल्लामा धरै नागरिकले यस्तै सास्ति खेपिरहनु परेको छ । जिल्लाको चारै सीमा नदीले घेरिएको छ । पूर्वमा कर्णाली नदीले वर्दिया, पश्चिममा मोहना नदी र चाप खोलाले कन्चनपुर, उत्तरमा ठूली गाड खोलाले डोटी एवं दक्षिणमा मोहना नदीले भारतसंगको सिमाना छुट्याएको छ ।

यी ठूला नदीहरुको त्रास त छँदैछ, तीनका सयौ सहायक नदीले जिल्लामा उपद्रो मच्चाइरहेका छन् । अघिकांश नदीहरुको मुलस्रोत चुरे क्षेत्र नै भएकोले त्यहा वर्षेनी जाने भूक्ष्यले यी नदीहरुमा बग्ने खहरेले जिल्लाको कुरुप बनाएको छ । यी नदीहरुको उचित व्यवस्थापन हुन नसक्दा जिल्लाका ९० भन्दाबढी स्थानहरु डुबान हुने क्षेत्रका रहेको जिल्ला भूसंरक्षण कार्यालयको तथ्यांकमा छ । यस जिल्लाका नारायणपुर, लालबोझी गाविसका पुरै वडाहरु डुवानको समस्याबाट ग्रस्त छन् भने सदरमुकाम धनगढी उप–महानगरपालिका क्षेत्र पनि नदीको उच्च जोखिममा छ । महानगरपालिका क्षेत्रभित्र पनि अधिकांश वस्ती तथा टोलहरु बाढीवाट प्रभावित छन् । यस्तै जिल्लाका धनसिंपुरमा आठ, भजनीमा सात, हसुलियामा छ, रतनपुरमा छ, दरक र थापापुर पनि धेरै स्थानहरु डुबानको उच्च जोखिममा छन् ।

नेपालकै कान्छो विकास क्षेत्रको रुपमा रहेको सुदूरपश्चिमको नयाँ मुलुक मध्येको एक कैलाली जिल्ला कृषि उत्पादनका दृष्टिले निकै सम्भावना बोकेको छ । जिल्लाको कुल ९० हजार ५ सय हेक्टर कृषि योग्य भूमि छ । तर जिल्ला कृषि विकास कार्यालय कैलालीसंग नदी कटान तथा डुबानका कारण सो मध्ये २ हजार ८ सय हेक्टर जमिन बगरमा परिणत भएको मात्र तथ्यांक छ । धेरै स्थानमा बगरले कटान गरेको भुभागको लेखाजोखा हुन सकेको छैन ।

‘समस्या भयावह छ, सानो प्रयासले मात्र नदी नियन्त्रण हुने सम्भावना छैन’ कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले भने ‘दिनप्रतिदिन बाढी पिडित बढिरहेका छन्, उब्जाउ जमिन कटानी हुँदैछ, यसका लागि सरकारले ठोस योजना बनाएर अगाडी बढ्न जरुरी भइसकेको छ ।’ विमली अहिलेको सानो सानो प्रयास नदीका लागि चारो मात्र भइरहेको धारणा राख्छन् ।

हाल जिल्लामा स्थानीय समस्याहरुको सम्बोधन गर्नका लागि स्थानीय अनुकूलन कार्ययोजना लापा बनेका छन् । जसमा पहिलो चरणमा २०६८ सालतिर जिल्लाका धनसिंहपुर, भजनी, लालबोझी, नारायणपुर, सुगरखाल, उदासीपुर, पवेरा गाविस र टीकापुर नगरपालिलगायतका क्षेत्रमा बनेको स्थानीय अनुकूलन कार्ययोजना कार्यान्वयन भइरहेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले यो कार्ययोजना कार्यान्वयन गरी स्थानीय अनुकूलनका उपायलाई प्राथमिकता दिइरहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ कैलालीले हरियो वन कार्यक्रम मार्फत जिल्लाका विभिन्न स्थानमा अनुकूलन कार्ययोजना बनाई कार्यान्वयनको अभ्यास सुरु गरेको छ ।

हाल जिल्ला विकास समिति मार्फत विभिन्न गैर सरकारी संस्थाहरुले समुदाय परिचालन गरेर केही स—सानो सहयोग गरिरहेका छन् । कसैले जैविक तटबन्धन, कसैले तारजाली र कतिपयले थोरै भएपनि पक्कि तटबन्धनका लागि सहयोग गरिरहेका छन् । तर यी प्रयास नगन्य भएको स्थानीय जनताहरुको भनाई छ ।

जिल्लाका केही ठाउँमा जनताहरुले स्थानीय अनुकुलनका लागि ‘चेक ड्याम’ निर्माण कार्यलाई जोड् दिएका छन् । ‘सरकारले ठूलो योजना नल्याएपछि वस्ती जोगाउन केही त गर्नै प¥यो’ लालबोझिका नरेन्द्र साउँदले भने ‘धेरै जनताहरुले चेक ड्याम निर्माण गरेर केही भएपनि वस्ती जोगाइरहेका छौं ।’ लालबोझी गाविसका ९ वटा वडा मध्ये धेरैजसो बाढी प्रभावित क्षेत्रमा पछिल्लो समय माटोको थुप्रोलाई पर्खाल जस्तो बनाईएको ‘चेक ड्याम’ छ । यस गाउँलाई कतिपयले ‘चेक ड्यामले जोगाएको गाउँ’ भनेर पनि उपनाम दिन थालेका छन् ।

साउदले चेक ड्यामको अवधारणा यस क्षेत्रको परम्परागत अनुकुलनको उपाय भएको धारण राखे । पहिले पहिले सम्भावित जोखिमको सामना गर्न टोल छिमेकका मानिसहरु मिलेर जमिनको सतहभन्दा केही उचो माटोको ढिस्को बनाउँथे । यसले थोरै भएपनि वस्ती जोगाउन थालेको महसुस् भएपछि आजभोली सो गाविसका धेरै स्थानमा चेक ड्याम निर्माण गर्न थालिएको छ । यसलाई जिल्लामा क्रियासिल संघ संस्थाहरु जलवायु परिवर्तन सहयोग कार्यक्रम, नेपाल रेडक्रस सोसाईटी, सामुदायिक वन उपभोक्ता महासंघ, मर्सि क्रप्स, वल्र्ड भिजनलगायत विभिन्न संस्थाहरुले सहयोग गरिरहेका छन् ।

सरकारी निकाय जल उत्पन्न नियन्त्रण कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला विकास समिति, नगरपालिका र गाविसलगायतका कार्यालय र अन्य गैर सरकारी संस्थाले आफ्नो वार्षिक योजनामा नदी नियन्त्रणका लागि भनेर केही रकम छुट्याए पनि त्यो हात्तिको मुखमा जिरा जस्तै भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर