newskoseli.Com

रत्नपार्कमा मोलमोलाईसँगै क्याम्पसमा विज्ञापन ? देहव्यापारका थरीथरी काइदा !

‘….चाहनुहुन्छ ? सम्पर्क गर्नुहोस् ९८४१………..मा’

‘सस्तोमा चाहिए मलाई सम्झनुहोस्– ९८६७…मा’

यिनै विज्ञापनमा आँखा बारम्बार ठोक्किइरहे ।

करिब डेढ वर्षको अन्तरालमा सयौं पटक आँखा अघिल्तिर तेर्सिएको विज्ञापन नचाहेरै पनि हेर्नुपर्यो ।

मानौं, क्याम्पसमा पढ्नु सँगसँगै मेरो अर्को काम थपिएको थियो–दिनहुँ यही विज्ञापन हेर्नु ।

मैले मात्र होइन, क्याम्पसका हजारौं विद्यार्थीले यसरी नै हेर्दाहुन् । वा हेर्दैनन् या हेरेर पनि मतलब गर्दैनन् ? या त ‘सेवा’ उपभोग गरिसके ? मलाई थाहा छैन ।

तर, यति चाहिँ पक्का भन्न सक्छु– म मात्रै सो विज्ञापनको ‘टार्गेट’ चाहिँ होइन ।

ठमेलमा …यो भयो, गौशालामा त्यो भयो…, सूर्यले विश्राम नपाउँदै रत्नपार्कमा देहव्यापार गर्नेहरु मोलमोलाई गर्दै… । विदेशिएका परिवारका सदस्य यस्तो गर्दै… उस्तो गर्दै… भन्ने सुन्नु, पढ्नु, हेर्नु र लेख्नु काठमाडौंका लागि सामान्य भइसक्यो । सायद मेरा लागि पनि ।

पत्रकारिताको विद्यार्थी, पेशाले पनि सामान्य पत्रकार । नौला थिएनन्, मेरा लागि यौनका विषय ।

बाल्यकालमा कुनै समय कसैको नाम कसैसँग जोडेर सार्वजनिक स्थल र बाटोघाटोमा चकले लेखिनेगरेको त मैले देखेकै थिएँ । कुनै बेला त अनायासै नाम जोडेर लेखिएका ‘विज्ञापन’ हरु स्कुल ‘बंक’ हानेर मेटेका उदाहरण पनि भेटेकै थिएँ ।

तर, अहिले मैले दोहोर्याइ–तेहेर्याई हेरिरहनु परेको ‘विज्ञापन’ को ‘शैली’ र त्यसभित्र लुकेको ‘रहस्य’ एवं प्रवृत्ति चाहिँ ‘नौलो’ थियो मेरा लागि ।

वर्ष दिनसम्म हेरिरहें । लाग्थ्यो– बदमासहरुको काम यस्तै हो । ख्यालठट्टामा कुनै साथीले लेखेका होलान् ।

त्यस ‘विज्ञापन’ का अधिकांश ‘दर्शक’ पत्रकारहरु नै हुन्, म पनि तीमध्येकै एक । उनीहरुलाई केही मतलब छैन, आखिर मचाहिँ किन जान्ने हुनु ! सोच्दै बित्यो डेढ वर्ष ।

तर, त्यस्तो भावनालाई धेरै दिनसम्म दबाउन सकिनँ । ‘विज्ञापन’ ले ‘हर्ट एन्ड माइन्ड छुनुपर्छ’ वा ‘हृदय र दिमाग जित्न सक्नुपर्छ’ भनेर कक्षाकोठामा पढाइएको कुरा मैमाथि पो लागू भयो । आज चाहिँ साँच्चिकै मन छोयो त्यस ‘विज्ञापन’ ले ।

नम्बर सुटुक्क मोबाइलमा ‘सेभ’ गरें । सुरुमा त डर लाग्यो । एक दिनसम्म हेरिरहें त्यही नम्बरलाई । आँट गर्न सकिनँ, एक ‘मिस्डकल’ गर्न पनि ।

मेरो उद्देश्य पवित्र छ । तर, बदमासहरुको के भर ! कयौं पटक डरैडरले नम्बर ‘डायल’ गरें । तर, घन्टी नै बजाईहाल्ने साहस अझै आएन, बीचमै काटें ।

नम्बर ‘सेभ’ गरेको दुई दिनपछि बडो साहस बटुलेर ‘डायल’ गरें–टिनिनि…टुँ…टुँ… ।

बीचैमा काटें । अब मेरो धडकन बढ्यो । सोचें– जेसुकै होस् गर्दिनँ फोनसोन । थन्क्याएँ मोबाइल । तर, एक छिनपछि मेरै मोबाइलमा पो घन्टी बज्यो– ‘टुनुनु…टुनुनु…..।’

झसंग भएँ– उसैको त होइन । डरैडरले हेरें, पक्का भयो– रहेछ उसैको । उठाइँन । तारन्तार बजिरह्यो घन्टी । उठाउने साहसै गरिनँ ।

केही समयपछि आफैं गरें– ‘टु…टु… हलो, हलो, हलो ।’ चुपचाप, आएन कुनै प्रतिक्रिया ।

केही छिनपछि ‘एसएमएस’ को ‘रिङ’ बज्यो । उसैको मेसेज– ‘को हो तपाईं ?’

‘रिप्लाई’ गरिनँ मैले ।

सोच्न थालें मनमनै– ‘मायालु पाराले भन्दिरै’छ । कस्ती होली ? केटा होला कि केटी ? केही बिगार पो गरिहाल्छे कि ?’

फेरि आयो फोन उतैबाट । उठाएँ– ‘हलोऽऽ को हो… ?’

एक छिन चुपचाप सुनिरहें । केटो पो बोल्दो रै’छ ।

फेरि परें रनभुल्लमा । ‘केटा ! किन रिसाएन ? किन मिठो बोलेको ?’

अब त कुरा गर्नै मन लाग्यो । तर, विषयमा प्रवेश गर्न सकिनँ । अर्को दिन साँझपख फोन गरें, उठेन । सोचें– ‘मोरो सुतेछ । थाकेको होला । कतिले ‘भ्याए’ होलान् आज, किन नसुतोस् !’

म चाहन्थें मेरो शंका र ‘विज्ञापन’ मा उल्लेख भएका कुरा सुनौं उनैको मुखबाट । आखिर सुनें पनि ।

बिहान आँखा खुल्नै लाग्दा– छामछुम मोबाइल समातें । उनैको ‘एसएमएस’ थियो– ‘हाई…तपाईं …हुन्छ त सर ?’

ल अब प्रवेश गर्यो ‘ विषय’ ले । एक छिन मज्जाले हाँसें । तर, पछि त डर पो लाग्न थाल्यो– ‘अब के जवाफ दिने !’

जवाफ नदिइरहनँ सकिनँ, सोधें– ‘कति तिर्नुपर्छ ?’

उत्तर आयो– ‘फ्रिमा हो सर ।’

अब झनै डरमिश्रित उत्सुकतामा प्रवेश गरें । सार्वजनिक स्थलमा त्यत्रो ‘विज्ञापन’ गर्नुको उद्देश्य त्यत्ति मात्रै हो त ! अहँ हुनै सक्दैन । ‘दाल में कुछ काला है ।’

मैले फेरि ‘मेसेज गरें– ‘किन नि फ्रि सर्भिस चाहिँ ?’

प्रत्युत्तर आयो– ‘मिल्ने साथी भयो भने केको पैसा ? आखिर दुवैलाई मज्जा…’

अब म खुल्न थालें । घर कता ? काम के ? कोसँग बस्ने ? कति वर्ष भयो यस्तो गर्न थालेको ? कस्ता–कस्ता आउँछन् ग्राहक ? आदिआदि…

‘ग्राहक नभन्नोस् न, मैले पैसा लिएर ‘धन्दा’ गर्या छु र !’

‘अनि के त ? कतिसँग भयो यस्तो ‘फ्रेन्डसिप’ ?’

‘जस्ट आनन्दका लागि । हिजो… एउटा सरकारी जागिरे ‘साथी’ ले त साँझपख बाटो छेउमै…. ।’

‘मलाई कहिले र कता समय दिन्छ्यौ त ?

‘जता भन्नुहुन्छ…. तर सुन्नुस् न, भोलि म पोखरा जाँदैछु । पहिलेदेखिको एक जना कर्मचारी ‘साथी’ छ । अस्ति यतै आएर गयो, अब उता आउनू कि आउनू भन्छ– शायद जान्छु । अनि फर्केपछि मात्र है त ।’

मैले भनें– ‘पक्का है । अनि मैले भनेको सब हुनुपर्छ नि फेरि ?’

‘हुन्छ । हस्…’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर