उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रूपमा बिष खुवाइएको छ ।
सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका हुन्। रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ ।
सो विद्यालयका ७ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई विष पिलाइएको समाचारमा जनाइएको छ ।
उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो ।
तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय–समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् ।
गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरूको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो । रासस/सिन्ह्वा