newskoseli.Com

अफगानिस्तानमा सैनिक कारबाहीमा ६९ तालिवान लडाकूको मृत्यु

Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker in Kabul, Afghanistan June 20, 2016. REUTERS/Omar Sobhani

अफगानिस्तानमा शुक्रबार गरिएको सैनिक कारबाहीमा ६९ तालिवान लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।

अफगान राष्ट्रिय सुरक्षा तथा रक्षा बलले चलाएको आतङ्कवाद विरोधी अभियानमा गत २४ घन्टामा इस्लामिक स्टेट (आइएस) समूहका ११ सहित ६९ जना विद्रोहीको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । कारबाहीमा ४३ विद्रोही घाइते भएका र २ जनालाई पक्राउ गरिएको छ ।

सेनाले चलाएको अभियानमा कुन्दुजमा १३ जना, निर्ख जिल्लामा ११ जना, आरचीमा १३ जना र वार्डाकमा ६ जना र केहीको अन्य क्षेत्रमा मृत्यु भएको सेनाले बताएको छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर