newskoseli.Com

इजिप्टमा आप्रवासी शरणार्थी चढेको डुङ्गा दुर्घटना, १ सय ८ को मृत्यु

इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ५३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १ सय ८ पुगेको हो ।

यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम्तिमा ४ सय ५० व्यक्ति यात्रारत थिए ।

इजिप्टबाट इटालीका लागि छुटेको उक्त डुङ्गा अत्याधिक भारका कारण समुद्रमा डुब्न पुगेको बताइएको छ ।

उद्धार कार्यमा संलग्न इजिप्टको नौसेना लगायतका सुरक्षाकर्मी तथा स्थानीयले डुङ्गा दुर्घटनापछि समुद्रमा रहेका १ सय ६३ जनालाई जीवितै उद्धार गरेका थिए ।

यसैबीच, इजिप्टका प्रशासनले मानव बेचबिखनमा संलग्न गिरोहका ४ सदस्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीहरुले डुङ्गाको भारवहन क्षमताभन्दा बढी मानिसलाई डुङ्गामा राखी यात्रा गर्दा दुर्घटना हुन पुगेको प्रशासनको दाबी छ । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर