साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ सर्वसाधारणको ज्यान गएको छ । उक्त हवाई हमलामा परी कम्तिमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् ।
विद्रोहीलक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा परी सर्वसाधारण मारिएका छन् । सो हमलामा मारिएका सर्वसाधारणमा महिला, बालबालिका नै बढी परेका अधिकारवादीहरुले जानकारी दिएका छन् ।
यमनको दक्षिणपश्चिममा पर्ने ताइज प्रान्तको सलो जिल्लामा अवस्थित अल सराफ र मबरान गाउँमा शनिबार विहान सबेरै सो हमला भएको थियो । ती गाउँहरुमा विद्रोही रहेको सूचनाको आधारमा सो कारबाही गरेको जनाएको छ । साउदी अरेबियाको नेतृत्वको सेनाले यमनमा विगतदेखि नै यस्तो हमला गर्दै आएको छ । हमलामा प्रायः विद्रोही भन्दा पनि बढी सर्वसाधारण मारिने गरेको छ ।