पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दा बढी कैदीहरुको खोजीकार्य अझ जारी रहेको प्रहरीले बिहीबार जानकारी दिएको छ ।
सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । १ सय ५० कैदी राख्ने क्षमताको उक्त कारागारामा जेल तोडिनुभन्दा एक हप्ता अगाडि २ सय १० जना कैदी रहेका थिए ।
बन्दरगाह सहर मोरेसबाइबाट ३ सय किलोमिटर उत्तरमा पर्ने बुइमो कारागाराबाट गत वर्ष पनि जेलभित्र भएको झडपमा ११ व्यक्तिको मृत्यु हुनुको साथै ७० जना फरार भएका थिए ।