
फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएको फ्रान्सले जनाएको छ ।
स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताएका छन् ।
सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको एउटा भेन्टिलेटर आणविक क्षेत्रभित्र विस्फोट भर्इ धूवाँको मुस्लो निस्केको र यसैका कारण श्वासप्रश्वासमा समस्या हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरू खतरामुक्त रहेको विटकोस्कीले बताए ।