इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिएका छन् । सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका छन । जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ ।
सरकारी कार्यकालको विपरित दिशामा दोहोरो गोली हानाहान हुनुभन्दा पहिले एक पार्कमा प्रेसर कुकर बम विस्फोट भएको थियो । स्थानीय समयाअनुसार सो बिहान ८ः३० बजे विस्फोट गराइएको थियो । सुरक्षा अधिकारीसँग दोहोरो गोली हानाहानपछि पेटमा गोली लागेर घाइते भएका ती व्यक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएकाे छ ।
प्रहरीका अनुसार ती आक्रमणकारी आइएस समर्थक सञ्जाल ‘जमाआह एनशारुत दउलाह’का सदस्य र रहेका सो सञ्जालले मुसलमानको बाहुल्यता रहेको यस देशमा गतवर्ष शृङ्खलाबद्ध रुपमा बारम्बार आक्रमण गरेको दाबी गरेका थिए