अफगानिस्स्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणका लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान विद्रोहीबीच भएको झपडका क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन भने उनका नजिकैका तीन सहयोगी मारिएका छन् ।
कारबाहीका क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन् भने उनका तीन निकट सहयोगी मारिएको प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन् ।
बर्फाक जिल्लामा दुई दिनयता तालिवान विद्रोहीहरुले सरकारी सुरक्षाबलविरुद्ध शृंखलाबद्ध रुपमा आक्रमण गर्दै आएका र सुरक्षाबलले उनीहरुको प्रतिकार गर्दा एक प्रमुख कमाण्डर मारिनुका साथै उनका तीन सहयोगी पक्राउ परेका थिए ।