newskoseli.Com

नयाँ प्रधानमन्त्री नियुक्त

Southern Sudan’s regional president Salva Kiir addresses the final session of a conference of opposition political parties in Juba, the capital of semi-autonomous South Sudan, on September 30, 2009. Around 20 Sudanese political parties threatened to boycott next year’s elections, the first in more than two decades, unless President Omar al-Beshir implements reforms. AFP PHOTO/ASHRAF SHAZLY (Photo credit should read ASHRAF SHAZLY/AFP/Getty Images)

 सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गर्नु भएको छ । प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हाल्नेगरी उनले सलेहलाई नियुक्त गरेका छन । सत्तारुढ दल नेसनल कंग्रेस पार्टीका शिर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए।

सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी र राजनीतिक पदहरुमा रहेका काम गरिसक्नु भएको छ । उनले सुडानको राष्ट्रिय सुरक्षा सेवाको प्रमुख, सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार, गृहमन्त्री, रक्षामन्त्री लगायतका जिम्मेवारी पुरा गर्नु भएको थियो । उनले सन् २०१३ मा प्रथम उपराष्ट्रपति बन्नु बनेका छन  ।

गत बर्षको अक्टोबरमा भएको सुडानको राष्ट्रिय वार्ता सम्मेलनले प्रधानमन्त्री पद सृजना गर्ने निर्णय गरे बमोजिम गत डिसेम्बरमा त्यस पदलाई संविधानमा समावेश गरिएको थियो । सोही संवैधानिक व्यवस्था अनुसारसम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न गत मङ्गलबार सत्तारुढ दल एनसीपी र राष्ट्रपति बासिरले प्रधानमन्त्री चयन गरेका छन।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर