newskoseli.Com

आप्रवासी १ मजदुरको जलेर मृत्यु

 इटालीको दक्षिण क्षेत्रमा अवस्थित एउटा ‘अनाधिकारिक’ आप्रवासी शिविरमा शुक्रबार दुई आप्रवासी कृषि मजदुरको आगोमा जलेर मृत्यु भएको इटालीको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । स्थानीय प्रशासनले शिविर खाली गर्न भनेको दुई दिनपछि मालीबाट इटाली पुगेका दुई ३० वर्षीय शरणार्थीकोे राति १ बजे शिविरको एउटा भागबाट निस्केको आगलागीमा परी ज्यान गुमाएका बताएको छ ।

इटालीको दक्षिणमा अवस्थित फोजिया सहर नजिकै रहेको शिविरमा ३५० आप्रवासी बसोबास गर्दै आएका थिए भने केही प्रशासनको निर्देशनपछि शिविर छाडेर अन्यत्र गएको थिए । शिविरमा अझै करिब एक सय जना मानिस बसोबास गरिरहेका र उनीहरुले आफ्नो कामको सुरक्षाका लागि अन्यत्र जान नसक्ने बताए। स्थानीय भाषामा ‘ग्रान घेटो’ नामले चिनिएको उक्त शिविरमा स्थानीय दलालले सस्तो कामदारका लागि बस्न दिएको र यसले सुरक्षा चुनौती बढेको भन्दै गत बुधबार शिविर छाड्न भनिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर