इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रसियाली राष्ट्रपति भ्लादिर पुटिनले यस हप्ता भेटवार्ता गर्ने आइतबार बताए ।सिरियामाथि इरानको प्रभावलाई कम गर्न दबाब दिनका लागि उनले सो भेटवार्ता गर्न लागेका हुन ।इजरायलले सिरियामा गृहयुद्धको विषयमा गहिरो चिन्ता व्यक्त गर्दै आएको र छिमेकी राष्ट्र सिरियामा इरानको शक्ति बढ्दै गएको इजरायलको भनाई रहेको छ ।
नेतान्याहुले हालको महिनाहरूमा शृङ्खलाबद्ध रूपमा रसियाली नेता पुटिनसँग बारम्बार सिरियाको विषयलाई लिएर वार्ता गर्दै आएका छन। इजरायली प्रधानमन्त्री नेतान्याहुले आइतबार उनको रसियाली नेतासँग यस हप्ता पुनः भेटवार्ता गर्ने कुरा बताएका छन । रसियाले सिरियाली राष्ट्रपति बसार अल असादको समर्थन गर्दै सिरियाली विद्रोहीलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ । त्यसगरी इरानले पनि असादको समर्थन गर्दै आएको छ ।