फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ । मलेसियाले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको छ। फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक चर्चको विरोधका बाबजुद उक्त कानुनलाई पास गरिएको छ ।
फिलिपिन्सको प्रतिनिधिसभाको २सय१६ संसदले प्रस्तावित मृत्युदण्डलाई स्थापित गर्ने कानुनी प्रावधानको पक्षमा मतदान गरेको बताएको छ। भने ५४ मत विपक्षमा अर्थात् मृत्युदण्डलाई पुनःजीवित गर्न हुन्न भन्ने पक्षमा परेका छन् । एक सदस्य उक्त बैठकमा अनुपस्थित भएका छन् । यससँगै फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेको खासगरी लागुऔषध कारोबार अपराधमा संलग्नलाई मृत्युदण्ड दिने बाचा पूरा हुने देखिएको छ ।
प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त यस विधेयक फिलिपिनी सिनेटबाट पास भई राष्ट्रपतिबाट हस्ताक्षर भएपछि कानुनको रुप प्राप्त गर्नेछ । फिलिपिन्सका पूर्वराष्ट्रपति ग्लोरिया माकापागाल अरोयोले २००६ मा मृत्युदण्ड सम्बन्धी प्रावधानलाई हटाएको थियो । वर्तमान उपसभामुखले भने मृत्युदण्डको प्रावधानविरुद्ध उभिएको छन ।
––––––