दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेको मुद्दामा फैसला आउनुपूर्व शुक्रबार संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका २ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको निधनको कारण अज्ञात रहेको बताएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कासी बेहोस भएपछि नजीकैको अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको थियो ।
मृतकमध्ये १ जना करिब ७० बर्षका भएका कोरियाली नागरिक भएको पुष्टी भएको छ भने दोस्रो व्यक्तिको उमेर थाहा हुनसकेको छैन ।प्रदर्शनमा सहभागीमध्ये १० जनालाई श्वास्थ्य सक्वन्धि समस्या भएको पाइएपछि नजीकैको अस्पताल पठाइएको अग्नी नियन्त्रक अधिकारीले जनाएका बताएको छ । शुक्रबार हजारौं पार्क समर्थकले अदालत परिसर बाहिर भएको प्रदर्शनमा सहभागीता जनाएका थिए ।