नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २सय ११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएकाे छ । ‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा कारबाहीपछि बोकोहराम समूहद्वारा विभिन्न समयमा बन्धक बनाएका उनीहरुलाई उद्धार गर्न सेना सफल भएको सेनाका प्रवक्ता सनी उस्मानद्वारा जारी सिन्ह्वालाई प्राप्त विज्ञप्तिमा जनाएको छ ।
नाइजेरियामा २००९ देखि बोकोहरामद्वारा सुरु गरेको द्वन्द्वमा परी कम्तिमा २० हजार नाइजेरियालीको मृत्यु भएको छ। भने २३ लाख नाइजेरियाली आन्तरिक तथा बाह्य रुपमा विस्थापित बनेका छन् । नाइजेरियाली विद्रोही समूहको सुरक्षित आश्रयस्थल साम्बिसा जङ्गललाई २०१६ को डिसेम्बरमा सेनाद्वारा चलाएको सुरक्षा कारबाहीमा नियन्त्रणमा लिन सफल भएपछि बोको हराम विरुद्धको कारबाहीले एकपछि अर्को गर्दै उल्लेख्य सफलता पाएको छ । पछिल्लो समय नाइजेरियाली सरकारी सुरक्षाफौजले नाइजर र चाड क्षेत्रको वन क्षेत्रमा आफ्नो कारबाहीलाई केन्द्रित गर्दै हवाई तथा स्थल कारबाहीमार्फत बोकोहराम समूहविरुद्ध कारबाही अघि बढाएको छ ।