लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा शाहदत प्राप्त गरेकाे लाना न्युज एजेन्सीले आइतबार जनाएको छ ।
उनकाे सरकारी सेना तथा विद्रोहीबीच लिबियाको सिर्त क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएको बताइएको छ ।
सोआलेमले अलि जैदानको मन्त्रिमण्डलमा श्रममन्त्रीका रुपमा सन् २०१२ देखि सन् २०१४ सम्म कार्यभार समालेका थिए ।
पूर्व शासक मोहम्मर कद्दाफीको पडक रहेको तथा विद्रोहीको आश्रयस्थल सिर्तको अबुग्रेन क्षेत्रमा भएको उक्त झडपमा सरकारी पक्षका पाँच सेनाको पनि मृत्यु भएको लानाले बताएको छ ।
सरकारी हवाई सैन्य बलद्वारा उक्त क्षेत्रमा गरेको कारबाहीमा विद्रोही पक्षको पनि व्यापक क्षति भएको बताइएको छ । रासस/एएफपी