newskoseli.Com

फेरि विमान दुर्घटना : १ नेपालीसहित १५७ को निधन

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याका लागि उडेको विमान दुर्घटनामा परी आइतबार १ नेपाली, चालक दलका ८ सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १ सय ५७ जनाको निधन भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, ९ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका ८–८ जनाको निधन भएको छ भने बेलायत र फ्रान्सका ७–७ जनाको निधन भएको छ । त्यसैगरी, इजिप्टका ६, नेदरल्याण्डका ५ तथा भारत र स्लोभाकियाका ४–४ जनाको निधन भएको जानकारी कम्पनीले दिएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका ३–३ जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका २–२ जना तथा बेल्जियम, जिबोटी, इन्डोनेशिया, आयरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका १–१ जनाको निधन भएको छ ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेसनल एअरपोर्टबाट बिहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै टावरसँग विमानको सम्पर्क–विच्छेद भएको विमान कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर