नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चैत १६ का लागि आह्वान गरेको ‘नेपाल बन्द’ सो पार्टीले फिर्ता लिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, बार एसोसियसन र एसईई परीक्षा दिइरहेका विद्यार्थीहरुका अभिभावकको आग्रहमा नेपाल बन्द फिर्ता लिइएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । सो पार्टीका महासचिव विप्लवलले बुधबार विज्ञप्ति जारी गरेर बन्द फिर्ता लिएका हुन् ।
चैत १६ मा नेकपाले आह्वान गरेको नेपाल बन्द फिर्ता लिन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको थिायो । आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ । ‘नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसईई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानुन व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसियसनको देशव्यापी रुपमै केन्द्रीय समितिको निर्वाचनमा समेत असर पर्ने देखिन्छ’– आयोगको विज्ञप्तिमा उल्लेख छ ।
परीक्षा नियन्त्रण कार्यालय र नेपाल बार एसोशिएशनले आग्रह गरेको हुँदा जिम्मेवार राजनीतिक पार्टी भएकाले बन्द फिर्ता लिइएको विप्लवले जनाएका छन् । पछि घोषणा गरिने कार्यक्रममा साथ दिन आग्रह गर्दै महासचिव चन्दले सरकारी प्रतिबन्ध र धरपकडको उचित जवाफ दिने चेतावनी दिएका छन् ।