newskoseli.Com

नेकपाले घोषणा गर्‍यो २२ जनसंगठनको एकता र नेतृत्व : कुन–कुनमा को–को ? (नामावलीसहित)

सत्ताधारी नेकपाले आफूसम्बद्ध २२ जनवर्गीय संगठनहरुको एकता र प्रमुख नेतृत्व घोषणा गरेको छ ।

बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकमा जुटेको विभिन्न पक्षबीचको भागबन्डा सम्बन्धी समझदारी अनुसार ती संगठनको एकता र नेतृत्व घोषणा गरिएको हो । तत्कालीन एमालेका दिवंगत नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको २६औं स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममार्फत पार्टी एकता भएको ठ्याक्कै एक वर्ष पुगेकै दिन शुक्रबार जनवर्गीय संगठनहरुको एकता र नेतृत्व घोषणा गरिएको हो ।

खासगरी पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच सन्तुलन मिलाएर एकता गरिएको छ । यसअनुसार एउटा पक्षले संयोजक पाएको संगठनमा अर्को पक्षबाट सहसंयोजक बनाइएको छ । पूर्वएमालेभित्रै पनि अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेता वामदेव गौतम पक्षधरहरूबीच सहमति जुट्न नसक्दा एकता ढिलो भएको थियो । तर, जनसंगठनहरूको एकता भने यी सबैको चित्त बुझ्ने गरी गरिएको बताइएको छ ।

यस्तो छ जनसंगठनहरूको केन्द्रीय सदस्य संख्या, संयोजक र सहसंयोजकको नामावली–

१. नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन
२. प्रेस संगठन नेपाल, १५१, संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत
३. अपांगता संगठन नेपाल, ६९, संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना
४. खेलकुद महासंघ नेपाल,संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला
५. नेपाल दलित मुक्ति संगठन, २५१, संयोजक तिलक परियार, सहसंयोजक बोमबहादुर विश्वकर्मा
६. जनसांस्कृतिक महासंघ नेपाल, २५१, संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल
७. नेपाल उद्याेग व्यवसायी महासंघ, १५१, संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक
८. नेपाल बुद्धिजीवी संगठन, १६१, संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी
९. मानवअधिकार तथा समाजिक अभियान, ४५, संयोजक मिनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल
१०. पेशागत महासंघ, १११, संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल
११. भूमिहीन सुकुम्बासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा
१२. अनेरास्ववियु, २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ
१३. युवासंघ, २५१, संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल
१४. आदिवासी जनजाति महासंघ, २५१, संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ
१५. भूतपूर्व सैनिक तथा प्रहरी संगठन, २५१, संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा
१६. ट्रेड युनयिन महासंघ, २५१, संयोजक विनोद श्रेष्ट, जगत सिंखडा
१७. अखिल नेपाल महिला संघ, २५१, संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल
१८. अखिल नेपाल किसान महासंघ, २५१, संयोजक वामवेद गौतम, सहसंयोजक चित्रबहादुर श्रेष्ठ
१९. प्रवासी नेपाली एकता मञ्च भारत, १९९, संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी

नेपाल कानुन व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियर संगठनको एकता र बाँडफाँट यसअघि नै भइसकेको छ ।

यो पनि पढ्नुहोस्–
नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व : कुन–कुनमा को–को ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर