newskoseli.Com

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व : कुन–कुनमा को–को ? (नामावलीसहित)

बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टीसम्बद्ध २२ वटा जनवर्गीय संगठनको नेतृत्व र एकतासम्बन्धी भागबन्डा टुंग्याएको छ ।

सहमतिअनुसार अनेरास्ववियुको संयोजकमा पूर्वएमालेतर्फका ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीतर्फका रन्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्वमाओवादीतर्फका रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजकमा पूर्वएमालेतर्फका रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीतर्फकी अमृता थापामगर र सहसंयोजकमा पूर्वएमालेतर्फकी सीता पौडेलको टुंगो लागेको छ ।

पत्रकार संगठनको संयोजकमा पूर्वमाओवादीतर्फका महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेतर्फका गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्वएमालेतर्फका डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीतर्फका कृष्ण केसी तथा मजदुरको संयोजकमा पूर्वएमालेतर्फका विनोद श्रेष्ठ र सहसंयोजकमा पूर्वमाओवादीतर्फका जगत सिंखडा चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, बुद्धिजीवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक, पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक, जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् ।

यसैगरी, मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक, भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक, किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अपाङ्ग महासंघको संयोजकमा इन्द्रमाया गुरुङ र सहसंयोजकमा रामप्रसाद ढुंगाना, मानवअधिकार तथा सामाजिक मञ्चको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल तोकिएका छन् ।

जनजातिमा संयोजक सुरेश आले र सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल र सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्दै नेतृत्वको औपचारिक घोषणा भने शुक्रबार मात्रै गर्ने तयारी छ । एकता प्रक्रियाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर