
खसी र बोका चोरी गरेको आरोपमा नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका– १ का १८ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको छ ।
स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी बिक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार यादवले चोरी गरेका ती खसी र बोकालाई सिरहा नगरपालिका– ८ बस्ने सकुन्तीदेवी साहलाई सस्तो मूल्यमा बिक्री गरेका थिए ।
खसी खरिदकर्तालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।