आसन्न राष्ट्रियसभाको उपनिर्वाचनमा आफूले अघि सारेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न उपनिर्वाचनका मतदाता सो पार्टीका सबैमा सत्ताधारी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले ‘अपिल’ गरेका छन् । अध्यक्ष ओलीको चेतावनीयुक्त अपिलमा एमाले मतदाताले अरु उम्मेदवारलाई मतदान गरेमा उक्त कार्य ‘अक्ष्यम्य’ हुने उल्लेख छ ।
वागमती प्रदेशमा खालि हुन आएको राष्ट्रियसभाको एक स्थानका निम्ति बिहीबार हेटौंडामा मतदान हुँदै छ । यही निर्वाचनमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मतदाताको भोग आफूलाई दिनुपर्ने अनुरोध गर्न गृहमन्त्री थापा मंगलबार कोटेश्वरस्थित निवासमा पुगेका थिए ।
यो पनि पढ्नुहोस्–
‘आशै नगर्नोस्, तपाईंलाई सघाउन सकिँदैन’ : बादललाई माधव नेपालको जवाफ
तर, वरिष्ठ नेता नेपालले डा. खिमलाल देवकोटा नै आफ्नो उम्मेदवार भएकाले उनीबाहेक अरूलाई सहयोग गर्न नसकिने प्रष्ट्याएका थिए । बुधबार जारी अध्यक्ष ओलीको ‘चेतावनीयुक्त अपिल’ वरिष्ठ नेता नेपाल र उनीपक्षीय मतदातातर्फ नै लक्षित रहेको स्पष्ट छ ।