newskoseli.Com

बाढी प्रभावितलाई राहत र निःशुल्क उपचार गर्न विप्लव नेकपाको माग : उद्धारमा खट्न पार्टीपंक्तिलाई निर्देशन

विप्लव तथा प्रकाण्डकाे फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्न समेत नेकपाले माग गरेको छ ।

सो पार्टीका प्रवक्ता प्रकाण्डद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ– ‘मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार, बेपत्ता नागरिकहरुको तीव्रतामा खोजी र जोखिमको आतंकमा बसेका वस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’

प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सो पार्टीले आफ्नो पूरै पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर