newskoseli.Com

एमाले देशैभरबाट सत्ताच्युत : भीम आचार्यले दिए राजीनामा*

अन्ततः एमालेको नामबाट सरकार चलाइरहेका प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमबार अपराह्न आचार्यले राजीनामा दिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि दुईतिहाइ बहुमतसहित केन्द्रमा र सातमध्ये चारवटा प्रदेशमा नेतृत्वको गरेको एमाले पूर्णरुपले सत्ताच्युत हुन पुगेको छ ।

प्रदेशसभा– १ को सोमबारको बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर, जे–जसो गर्दा पनि बहुमत जुटाउन नसक्ने देखिएपछि उनले मतविभाजनअघि नै राजीनामा दिएका हुन् । ओली समूहले फालेको मुख्यमन्त्रीको ‘ललिपप’ मा फस्दै माधवकुमार नेपाल नेतृत्वको पक्षलाई ‘धोका’ दिएर भदौ १० मा आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

९२ जना प्रदेशसभा सदस्य बहाल रहेको प्रदेश– १ मा विश्वासको मत पाउन ४७ जनाको समर्थन चाहिन्छ । । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् भने सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् । कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय आइतबार नै गरिसकेको छ ।

माधव नेपाल पक्षलाई ‘धोका’ दिएर ओली समूहमा लाग्दै आचार्यसँगै मुख्यमन्त्री बनेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समेत यसअघि नै (११ कात्तिकमै) सत्ताच्युत भइसकेकी छन् । उनको स्थानमा पनि एकीकृत समाजवादीकै नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् ।

*शीर्षक र समाचारमा सामान्य परिमार्जनसहित अपेडट गरिएको ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर