सल्यानमा आइतबार बिहानै बस दुर्घटना भएको छ । दुर्घटमा १२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने साँझसम्म ८ जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार सनाखत हुनेमा सल्यानको शारदा नगारपालिका– १२ स्थायी ठेगाना भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका– ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका– २ की ६१ वर्षीया मीना डाँगी, ३ की ६६ वर्षीया लीला बुढाथोकी, शान्नि त्रिवेणी नगपालिका– १ काभ्रेकी २४ वर्षीया मीना शाही, बबई गाउँपालिका– ४, दाङका ६० वर्षीया डुली देउले, बबई गाउँपालिका– ६, पन्चकुलेकी ७० वर्षीया कलावती बुढा, घोराही उपमहानगरपालिका नारायणपुरकी– ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका– २ का तिलक ओली रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने थप १२ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिएका छन् । ३१ जना सवार बसका मृतक १२ बाहेक अरु सबै घाइते छन् । गम्भीर घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । दुर्घटनामा परेको बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।