सरकारले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३० कात्तिकमा ‘नेपाल बन्द’ को आह्वान गरेको छ ।
पेट्रोलियमको मूल्यवृद्धिले जनजीवनका सबै क्षेत्रमा चर्को मूल्यवृद्धि सिर्जना गर्ने भन्दै त्यसका विरूद्ध साता लामो देशव्यापी संघर्ष घोषणा गरेको नेकपाले २५ गते देशव्यापी विरोध, २६ गते मशाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम, २९ गते दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस तथा ३० गते ‘नेपाल बन्द’ गर्ने कार्यक्रम घोषणा गरेको गरेको छ ।