नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत आइतबार भएको मतदानको नतिजा यो आइतबार साँझ सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यको ३५ स्थानका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धाबाट निम्नानुसार उम्मेदवार विजयी भएका छन् ।
नतिजाअनुसार ३८३६ भोटसहित सर्वाधिक लोकप्रिय मत निवर्तमान महामन्त्री शशांक कोइरालाले पाएका छन् भने २९३७ भोटसहित दोस्रो स्थान हासिल गरेका छन् एनपी साउदले । सबैभन्दा कम १७०७ मतसहित अन्तिम अर्थात् ३५औं स्थान हासिल गरेर विजयी भएका छन् कृष्णकिशोर घिमिरे ।
यस्तो छ विजयी उम्मेदवारको सूची र प्राप्त मत–
१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७